पैदल हिँडिरहेका १ यात्रु चिप्लिएर त्रिशूली नदीमा खसेर बेपत्ता

चितवन, । नारायणगढ– मुग्लिन सडक खण्डमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् ।सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशूली नदीमा खसेर बेपत्ता भएका हुन ।

सो सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्यालीबजारबाट चौधरी १ सय मिटर तल त्रिशूलीमा खसेको हो । सो सडकको मुग्लिनबाट २ दशमलव पाँच किलोमिटर नारायणगढ तर्फ शुक्रबार बिहानबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि पैदल हिँड्दै आएका चौधरी त्रिशूलीमा खसेका हुन ।

पोखराबाट घरतर्फ जान आउँदै गर्दा तनहँुको आँबुखैरहनीमा बसबाट झरेर हिँड्दै आउने क्रममा घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस