ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी

Nepali congresh

ताप्लेजुङ, । आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका विश्वनाथ सिटौला विजयी भएका छन् ।
उनले २ हजार २ सय २७ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीबहादुर केक्सोले २ हजार २ सय १४ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेका मञ्जु भट्टराई २ हजार १ सय ८१ मत ल्याई विजयी भएका छन् ।उनको प्रतिद्वन्द्वी काँग्रेसका ममता सुब्बाले २ हजार २४ मत ल्याएका छन् । आठराई त्रिवेणी नगरपालिकाको पाँच वडामध्ये २ वडामा काँग्रेस, दुई वडामा एमाले र एक वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

वडा नं १ मा काँग्रेसका पूर्णकुमार सिटौलाको समूह, २ नं वडामा पनि काँग्रेसको सोमप्रसाद विमलीको समूह, ३ नं मा एमालेका देवी खरेलको समूह, ४ नं मा पनि एमालेको डम्बरबहादुर लिम्बूको समूह र वडा नं ५ मा नेकपा माओवादी केन्द्रका सन्तोष लिम्बू विजयी भएका छन् ।

यस्तै मिक्वा गाउँपालिकाको अध्यक्षमा एमालेका रामकुमार सावा विजयी भएका छन् । उनले १ हजार ४ सय ८४ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका भक्तबहादुर कार्कीले १ हजार ४ सय ५६ मत ल्याएका छन् ।
उपाध्यक्षमा काँग्रेसका रद्रकुमारी लिम्बूले १ हजार ४ सय ८९ मत ल्याई विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका मीना पेदेनले एक हजार ३ सय ८२ मत ल्याए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...