राजमोले २ स्थानीय तह जित्यो

National morcha

प्युठान । प्युठानको भिम्रुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । यससँगै राजमोले जितेको स्थानीय तहको संख्या २ पुगेको छ । राजमोले यसअघि प्युठानकै मल्लरानी गाउँपालिका जितेको थियो ।

झिम्रुक गाउँपालिकाको अध्यक्षमा राजमोका तिलक जीसी र उपाध्यक्षमा पबित्रा जिसी विजयी भएका छन् । तिलक जिसीले निकटतम प्रतिद्वन्दी माओवादीका उम्मेदवार पितबहादुर महतरालाई ९ सय ७८ मत अन्तरले हराए । जिसीले ३ हजार ६ सय ६० र महतराले २ हजार ७ सय ८१ मत पाएका छन् ।

उपाध्यक्षकी राजमोकी पबित्रा जिसी ३ हजार ७ सय ७९ मतसहित निर्वाचित हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी राधिका डिसीको पक्षमा २ हजार ५ सय २६ मत परेको छ ।

यसअघि प्युठान सदरमुकाम रहेको मल्लरानी गाउँपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका अमरध्वज राना २ हजार ३ सय २८ मत र उपाध्यक्षमा राजमोकै सरिता जिसीले २ हजार ३ सय ८६ मतसहित विजयी भएका थिए ।

अध्यक्षमा एमालेका प्रतिस्पर्धी इमानसिंह भारतीले १ हजार ६ सय ७२ र उपाध्यक्षमा एमालेकै सरिता पोख्रेलले एक हजार ७ सय ७० मत पाएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...