फोरम नेपालले खाता खोल्यो, बाँकेको नरैनापुरमा विजयी

Flag copy

बाँके । बाँकेको नरैनापुरमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

अध्यक्षमा इश्त्यिाक अहमद साहले ४ हजार ८० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेका रामचन्द्र मौर्यले तीन हजार ३ सय ८८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका जयन्तीदेवी श्रीवास्तवले ३ हजार ४४ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अतिकुन निशा २ हजार ५९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोर्खबहादुर थापाले बताए ।

उनका अनुसार ६ वटा वडा रहेको नरैनापुर गाउँपालिकाको वडा नं. १, २ र ४ को वडाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपाल र वडा नं. ३, ५ र ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...