हल्लाले हल्लियो नुवाकोट प्रहरी

काठमाडौं । यो हल्लै हल्लाको देश हो । यहाँ सत्यभन्दा असत्य कुराको बढी हल्ला हुन्छ । यस्तै भएको छ नुवाकोटमा ।

शनिबार राती नुवाकोट प्रहरीलाई खवर आयो कि ३५ किलो भन्ने स्थानमा बस दुर्घटना भएको खबर आयो । राती पहिरोको डरले प्रहरी जान सकेन, विहान मिर्मिरेमै प्रहरी ३५ किलो पुग्यो ।

प्रहरीले घटना स्थल पत्ता लगाउन अनेक उपाय खोज्यो पत्ता लगाउन सकेन् । त्यसै फर्कियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयको सेटबाट फेरि खबर आयो, ककनी प्रहरी टोली ३५ किलो पुग्यो । पटकपटक सो घटनाको कुरा सुनेपछि इलाका प्रहरी कार्यालय ककनी इनिस्पिेक्टर कैलास भट्टराई आइतवार साझ ५ बजे आफैं पुगे । तर, केही पत्ता लगाउन सकेनन् ।

सामाजिक सञ्जालमा पोष्ट भएको तस्विर

सत्य समाचार डट कम नामक एक अनलाईनले नुवाकोटबाट काठमाडौं आउँदै गरेको बा २ ख २८४१ नम्बरको बस पहिरोमा परी दुर्घटना, मृतको संख्या ४’ भन्ने समाचार पोष्ट गरेर झन प्रहरीको दिमाख नै हलायो ।

दिनभर प्रहरीलाई हल्लाउने गरी कसले कसले यसरी सार्वजनिक ग¥यो त ? अन्नतः प्रहरीको यो निष्कर्ष निकाल्यो कि यो हल्ला मात्रै हो, कुनै फटहाले दुःख दिने नियतले त्यो गरिरहेको छ ।

इलाका प्रहरी कार्यालय ककनीका प्रहरी निरीक्षक कैलास भट्टराई भन्छन्, यो हामीलाई दुःख दिने नियतले गरेको हो । उनले निशान न्युजसँग भने, ‘यो हल्लाले हैरान बनायो, म आफैं ३५ किलो पुगे, भएको केही छैन ।’६ महिना अघि पनि प्रहरीले यसरी नै दुःख पाएको थियो । त्यसबेला ककनी रानी पौवामा माइक्रो बस दुर्घटना भएको सामाजिक सञ्जालमा आएपछि प्रहरीले हैरानी बेहोर्नु परेको भट्टराई बताउँछन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...