दोश्रो चरणको स्थानीय तहको चुनावमा १ हजार १ सय २२ बृद्ध जनप्रतिनिधि

Download12

काठमाडौं– दोश्रो चरण अन्तर्गत प्रदेश नं.१, ५ र ७ मा भएको स्थानीय तहको चुनावमा ४१ देखि ६० बर्ष उमेर समुहका बहुमत जनप्रतिनिधि निर्वाचित भएका छन् ।

कुल ३ सय ३४ स्थानीय तहमध्ये ३ सय २९ स्थानीय तहमा उमेर समुहका आधारमा हेर्दा २१ देखि ४० बर्ष उमेर समुहका ५ हजार ९ सय ३८ जनप्रतिनिधि विजयी भएका छन् ।

यस्तै ४१ देखि ६० वर्ष उमेर समुहका ७ हजार ७ सय ६४ जनप्रतिनिधि विजयी भएका छन् भने ६१ वर्ष माथिका १ हजार १ सय २२ जना गरी कुल १४ हजार ८ सय २४ विजयी भएका हुन् ।

२१ देखि ४० वर्ष उमेर समुह

यो उमेर समुहबाट नगरपालिका प्रमुखमा २२ जना र गाँउपालिका अध्यक्षमा ४९ जना विजयी भएका छन् । यस्तै उपप्रमुखमा ४४, उपाध्यक्षमा ९९ जना र वडाध्यक्षमा ८ सय ८६ जना विजयी भएका छन् । यस्तै १३ सय ७९ महिला सदस्य, १५ सय ७३ दलित महिला सदस्य, १९ सय ४ खुला सदस्य गरी ५ हजार ९ सय ३८ उम्मेदवार विजयी भएका हुन् ।

४१ देखि ६० वर्ष उमेर समुह

यो उमेर समुहमा नगरपालिका प्रमुखमा ८० जना विजयी भएका छन् भने उपप्रमुखमा ७० जना विजयी भएका छन् । यस्तै गाँउपालिका अध्यक्षमा १ सय ३८ र उपाध्यक्षमा १ सय ८ जना विजयी भएका छन् । यस्तै १७ सय ८ वडा अध्यक्ष, १३ सय ४९ महिला सदस्य, ११ सय १९ दलित महिला सदस्य, ३१ सय ९२ खुला सदस्य सहित ७ हजार ७ सय ६४ उम्मेदवार विजयी भएका हुन् ।

६१ वर्षदेखिमाथि

यो उमेर समुहका १६ जनाले नगरपालिका प्रमुख र ३ जनाले उप–प्रमुखमा विजयी हासिल गरेका छन् । यस्तै, २४ जना गाँउपालिका अध्यक्ष र ४ जना उपाध्यक्षमा निर्वाचित भएका छन् ।

२ सय ६२ वडा अध्यक्ष, १ सय १३ महिला सदस्य, १ सय २८ दलित महिला सदस्य र ५ सय ७२ खुला सदस्य गरी ११ सय २२ जना निर्वाचित भएका छन् । पाँच स्थानीय तहबाट निर्वाचनको बिस्तृत आँकडा आउने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस