डोलेश्वरमा श्रावणी मेला सुरु

4 (1)

भक्तपुर, । केदारनाथको शिर डोलेश्वर मन्दिरमा आजबाट श्राावणी मेला सुरु भएको छ । आज विहान पौखेलका पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको छ ।

सुर्यबिनायक नगरपालिका वडा नं. ८ मा अवस्थित उक्त मन्दिरमा आजदेखि सञ्चालन भएको मेला भाद्र ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिका सचिव तथा प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले जानकारी दिएका छन् ।

आज विहान गरिएको कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको औपचारीक रुपमा उद्घाटन भएको हो । उक्त कार्यक्रममा पुर्वमन्त्री महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा,
स्वामी चुडामणि महाराजलगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस