रामेछापमा बाढीले १ को मृत्यु, ४ बेपत्ता

Ramechap badhi

रामेछाप । रामेछापको लिखु गाउँपालिका ७ खिम्तीमा शनिबार राति बाढीले बगाएर १ जनाको मृत्यु भएको छ । सो बाढीले बगाएर ४ जना वेपत्ता भएका छन् भने बाढीबाट ६ जना घाइते भएका छन् ।

शनिवारदेखि सो बाढीमा परी स्थानीय ७५ वर्षीया बालकुमारी खत्री को मृत्यु भएको छ । शनिबार दिउँसो देखि खिम्ती क्षेत्रमा अविरल वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छतिवनेमा बाढी बढेको थियो ।

बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका २ घर समेत बगेका छन् । खिम्ती बजारमा रहेका खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले केही घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

 बजारमा पार्किङ गरेका सवारी साधनमा पनि बाढीले क्षति पुर्‍याएको छ । खहरेपुल निर्माणाधिन अवस्थामा भएकाले डाइभर्सन सडक भएको स्थानबाट खोलो बजार पसेको थियो । खिम्ती र फर्पु क्षेत्र जिल्लाका बाढी प्रभावित उच्च जोखिममा पर्ने क्षेत्र हुन् । खिम्तीमा ४ वर्षअघि बाढीले ८ जनाको मृत्यु भएको थियो ।

खिम्तीमा बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि राति पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा बाढीमा परेकाहरुको उद्धारका लागि सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...