आजदेखि लामो दुरीका सवारी बसपार्कमै रोकिने

New buspark

काठमाडौं । के तपाई लामो दुरीको सवारी साधन चलाउँदै हुनुहुन्छ ? यसमा पनि यात्रुबाहक सवारी साधन चलाउँदै हुनुहुन्छ भने आज अर्थात् आइतवारदेखि नयाँ नियम लागू भएको छ । त्यो थाहा पाउन जरुरी छ ।

यातायात व्यवस्था विभागले आइतवारदेखि लागू हुने गरी लामो दुरीका सवारी साधनलाई अब नयाँ बसपार्कमा सीमिति गर्ने भएको छ । यसअघि लामो दुरीका सवारी साधनले चक्रपथ वरीपरीबाट यात्रुलाई ओसारपसार गर्दै आएका थिए । तर, विभागले यसरी यात्रु ओसार्दा जाम बढेको भन्दै चक्रपथ डुल्न प्रतिवन्ध लागएको छ ।

अब लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने छ । यदी पहिले जसरी नै अफ्ना सवारीलाई चक्रपथ डुलाएकमा ५ हजार रुपैयासम्म जरिवाना तिर्नुपर्ने छ । नयाँ बसपार्कबाट छुटेका सवारी जोरपाटी र कोटेश्वर हुँदै कलंकी पुगे ट्राफिक तथा यातायात ब्यवस्था विभागले जरिवाना लगाउनेछ ।

यस्तो छ नयाँ व्यवस्था
अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलंकीबाट सिधा नयाँबसपार्क आउनुपर्ने । नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलंकीबाट सिधा बाहिरिनुपर्ने व्यवस्था गरिएको छ ।

जोरपाटीबाट कोटेश्वर, सात दोवाटो हुँदै कलंकीसम्मको रुट परमिट भएकाहरुले पनि यो नियम मान्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...