पोखरामा पौडी खेल्दा डुबेर एकको मृत्यु

Pokhara mrityu

पोखरा । पौडी खेल्दा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका ३२ को मजुवास्थित डुडेआहालमा ढुङगा बालुवा निकालेर जमेको पानीको रहमा पौडी खेल्दा १४ वर्षीय उज्जल गुरुङको डुबेर मृत्यु भएको हो ।

शुक्लागण्डकी नगरपालिका २, कोत्रे निवासी लेखबहादुर गुरुङको छोरा दिउँसो साथीहरुसँगै पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । गुरुङ पानीको रहमा डुबेको जानकारी तत्कालै पाएपछि कालिका प्रहरी शसस्त्र गण पोखराबाट उद्धारमा खटिएको शसस्त्र प्रहरीको टोलीले रहमा डुबेका गुरुङको शबलाई हिलोवाट निकाल्न सफल भएको थियो ।

स्थानीयले खबर गरेपछि तत्कालै घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार गरेको थियो । गुरुङको शबलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लागिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...