नेपाल र जिबुटीबीच कूटनीतिक सम्बन्ध स्थापना

Paanchaaule

काठमाडौँ, । नेपाल र अफ्रिकी मुलुक जिबुटीबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक दौत्य सम्बन्ध १ सय ४७ देशमा विस्तार भएको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा न्युयोर्कस्थित स्थायी नेपाली नियोगमा शुक्रबार आयोजित एक समारोहमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सोही विश्व संस्थाका निम्ति जिबुटीका स्थायी प्रतिनिधि मोहमेद सियाद दोलेहले हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले एक आपसमा सहयोग प्रवद्र्धनका साथै शान्ति र विकास निम्ति अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

नेपाल र जिबुटीबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएकाबारे दुवै मुलुकका स्थायी प्रतिनिधिले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...