बाग्मती खोला किनारका सुकुम्बासी बस्ती हटाउन शुरु

Timthumb 1 2

काठमाडौँ । सरकारले बाग्मती खोला किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन शुरु गरेको छ । खोला किनारको जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा शनिबार देखि टेकुबाट भत्काउन शुरु गरेको हो ।

सुरक्षाकर्मीको सहयोगमा डोजर लगाएर अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा भत्काइएको बागमती सभ्यता एकिकृत विकास समितिले जानकारी दिएको छ ।

बस्ती हटाएपछि विचल्लीमा परेका सुकुम्बासीले भने बैकल्पिक ब्यवस्था नगरि टहरा भत्काएको भन्दै असन्तुष्टि जनाएका छन् । एक्काइस दिन पहिला सुचना दिइ सो क्षेत्र खाली गर्न आग्रह गर्दासमेत बेवास्ता गर्दै आएका सुकुम्बासीका टहरा हटाइएको समितिले जानकारी दिएको छ ।

टेकु किनारामा सुकुम्बासीका नाममा घर टहरा बनाएर बेचबिखन समेत हुने गरेको बागमती सभ्यता एकिकृत विकास समितिले जनाएको छ । समितिले नदि किनारामा रहेको सबै सुकुम्बासी बस्ती हटाउने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस