डोलेश्वरमा ३८ दिने श्रावणी मेलाको तयारी पुरा

Doleshwar

भक्तपुर, । धार्मिक तथा पर्यटकियस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भोलि श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला लाग्ने भएको छ ।

उक्त मेलाको लागि आबश्यक तयारी पुरा भैसकेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिएका छन् ।

३८ दिने मेलाको लागि समितीले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए ।

यो बर्षको मेलामा २० लाखबढी भक्तजनहरुले मन्दिरमा पुजाआजा गर्नुका साथै दर्शन गर्ने छन् । गत बर्षपनि यतिकै हाराहारीमा भक्तजनहरु आएका थिए ।

उनले अहिलेको मेलामा २ करोड बराबरको रकम संकलन हुने र उक्त रकम मन्दिर निर्माण तथा व्यवस्थापनमै खर्च गरिने छ । उनले भोलि श्रावण १ गते विहान ७ बजे चन्द्र्रविनायक मन्दिरदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी ३८ दिने मेलाको शुरुवात गरिने भएको बताए ।

उक्त मेलामा करिब २० लाख रुपैयाँ खर्च हुने बताईएको छ , गत बर्ष लगाईएको मेलाबाट संकलन भएको १ करोड रुपैयाँ अहिले डोलेश्वर परिसरमा रहेको मुख्य लगायतका सहायक मन्दिर र अन्य भवनहरु निर्माणको काम भैरहेको छ । यो मन्दिर उपत्यकाकै धार्मिक तथा ऐतिहासिक मन्दिरका रुपमा रहेको छ । यहाँ हरेक सोमबार बिशेष पुजा गरिदैं आईरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...