बस र ट्रक ठोक्किँदा ३१ जना घाइते ३ अवस्था गम्भीर

Accident bus n trac

धादिङ, । यात्रुवाहक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.९ खटौटीमा ३१ जना घाइते भएका छन् भने ३ को अस्था गम्भिर रहेको छ ।

महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना.५.ख ५०२ नं.को यात्रु बस र अर्को दिशातर्फबाट जाँदै गरेको ना.६.ख १२४ नं।को मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले बताए ।

दुर्घटनामा बस र ट्रक दुबैका चालकसहित ३१ जना घाइते भएकोले राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

गम्भीर घाइते ३ जनाको थप उपचारका लागि काठमाडौं पठाइएको छ । दुबै गाडीका चालक घाइते भएकोले दुर्घटनाका कारण खुलेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...