वैरोमा बामपन्थी प्यानलको बर्चश्व

Rohan gurung

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा रोहन गुरुङ विजयी भएका छन् ।

अध्यक्ष गुरुङ प्रजातान्त्रिक समूहका विमल ढकाललाई ९३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । गुरुङले ४ सय ३४ मत ल्याएर विजयी भए । पूर्वअध्यक्ष ढकालले ३ सय ४१ मत ल्याए ।
वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठनका रुपमा लामो समयदेखि सक्रिय संघको बिहीबार निर्वाचन भएको थियो । निर्वाचनमा वामपन्थी र प्रजातान्त्रिक समूह आ–आफ्नै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।
गुरुङको व्यावसायिक (वामपन्थी) प्यानलबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना विजयी भएका छन् महासचिवमा नरेश गेलाल र सचिवमा र्इश्वर जिसी विजयी भए ।
द्वितीय उपाध्यक्ष र कोषाध्यक्ष बाहेकका अन्य पदमा पनि वामपन्थी प्यानलकै उम्मेदवार विजयी भए । ढकालको प्रजातान्त्रिक समूहबाट द्वित्तीय उपाध्यक्षमा भुवन गुरुङ र कोषध्यक्षमा राधिका कटुवाल विजयी भइन् । पदाधिकारीहरुको मत परिणाम सार्वजनिक भए पनि सदस्यहरुको मतगणना भने आइसकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...