भूकम्पपीडितका घरका नक्सा बनाउन इन्जिनियरलाई कमिसन

Vukamp ghar

धादिङ । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूले स्थानीयहरुसँग कमिसन असुल्ने गरेको पाइएको छ। आफूले चिनेको कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्प पीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो ।

प्राविधिकहरूले भने स्थानीयकै आग्रहमा मध्यस्तकर्ताको काम गरिदिएको बताएका छन् । धुनिबेसी गाउँपालिका वडा नं. ३, ४ र ५ (साविकको जीवनपुर गाविस) हेर्दै आएका इन्जिनियर विनोदकुमार यादवले भने ‘हामीले पैसा लिएर खाएको छैन, नागरिकहरुको आग्रहमा कन्सलटेन्सीबाट नक्सा बनाइदिएर ल्याएको हो।’

‘अहिले हामी आफैँले नक्सा बनाएको छैन। पैसा लिएको पनि छैन। अप्ठ्यारोमा परियो भन्नेहरुको लागि मध्यस्थकर्ता भैदिएको हो’ उनले थपे।
नेपाल सरकारले अनुदानमा घर बनाउनको लागि १७ प्रकारका नक्सा सार्वजनिक गरेको छ । गाउँको जग्गाको बनोट अनुसार १७ प्रकारका नक्सामा घर नवन्ने अवस्था आएमा सम्वन्धित घरको नक्सा २५ प्रतिशत तोडमोड गरेर भएपनि भुकम्प पीडितलाइ निःशुल्क नक्सा दिनुपर्ने प्रावधान छ। तर इन्जिनियरहरुले भने १७ प्रकारमा घरको डिजाइन नपर्ने भन्दै नयाँ नक्सा बनाउन भूकम्प पीडितहरुलाई बाध्य पारिरहेका छन् ।

नीलकण्ठ नगरपालिका वडा नं. ९ का केशवमणी दुवाडी भने, ‘इन्जिनियरकै सल्लाह लिएर घर पुरै बनाइसके, दोस्रो किस्ताको निवेदन दिन जाँदा मेरो घर १७ प्रकारभित्र नपर्ने भएकाले नयाँ नक्सा लिएर आउन भनेका छन ।’ नयाँ नक्सा बनाउनुपर्ने नै भएपछि दोस्रो तेस्रो किस्ता सिफारिस गर्दा सजिलो हुन्छ भनेर आफ्नै वडाको इन्जिनियरलाई नक्सा बनाउन दिएको दुवाडीले बताए ।

नीलकण्ठ नगरपालिका, साविकको बेनिघाट गाविस लगायत पक्की घर बन्दै गरेका स्थानहरूबाट इन्जिनियरहरुले रकम असुल्ने गरेको लाभग्राहीहरूले गुनासो गरे। तर, पुननिर्माणको लागि गाउँमा खटिएका इन्जिनियरहरूले पुननिर्माण प्रयोजनको लागि नभई बैंकबाट ऋण निकाल्ने प्रोसेज मिलाउन लाभग्राहीकै आग्रहमा नक्सा बनाइदिने गरेको बताउँदै जोगिने गरेका छन् ।

साँझ विहान फुर्सदको समयमा नक्सा बनाएर इन्जिनियरहरुले पैसा लिने गरेको सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका डिभिजन प्रमुख दिलीप भण्डारीले बताए । उनी भन्छन्, ‘किस्ता लिन नक्सा अनिवार्य छैन, तर लाभग्राहीहरूले बैंकबाट ऋण लिन नक्सा चाहिन्छ, बैकिङ प्रकृयाको लागि सामान्य नक्सा बनाएर केही रकम लिएको हामीले पनि भेटेका छौं।’

नक्सा बनाएबापत कति लिन्छन् भन्ने कुरामा भने डिभिजन प्रमुख भण्डारीले बोल्न चाहेनन् । ‘हातमा सीप भएकाले फुर्सदमा बाहिरी काम गर्न पाउँछन्। यो सामान्य कुरा हो। नक्सा बनाइदिए बापत कति लिन्छन् भनेर भन्न सकिदैन’ उनले भने ।

लाभग्राहीहरूले भने एउटा नक्सा बनाएर ल्याइदिए बापत २ हजारदेखि १० हजारसम्म लिने गरेको गुनासो गरेका छन् । नगर तथा गाउँपालिका प्रमुखहरुले भने चुनाव अघि यस्ता धेरै गुनासो सुनिएको भए पनि अहिले सुन्न छोडेको प्रतिकृया दिएका छन्। ‘पहिल त कन्सल्टेन्सीवालाहरु नै गाउँमा पसेर हामी आएको इन्जिनियर हौ भन्दै नक्सा बनाइदिने भनेर पैसा लिएको समेत भेटेका थियौं, अहिले त्यस्तो गुनासो सुन्नमा आएको छैन’ नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले बताए ।
साभार : नागरिक दैनिक

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...