चरिकोटको होटलमा यौन धन्दा चलाएको भन्दै संचालकसहित ३ पक्राउ

Sex 2

चरिकोट । दोलखा सदरमुकाम चरिकोटको स्थित बसपार्कमा रहेको ‘तहल्का’ नामक होटलमा यौन धन्दा गर्दै गर्दा संचालक सहित ३ व्यक्ति प्रक्राउ परेका छन् ।

विगत ६ महिनादेखि लगातार यौन धन्दा चलाएको भन्दै प्रहरीले होटल सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको हो । दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार चरिकोटस्थित बसपार्कमा होटल सञ्चालन गरेर बसेकी तामाकोशी गाउँपालिका ३ जफे स्थायी घर भएकी तारा काफ्लेले ६ महिनादेखी निरन्तर यौन धन्दा चलाएको प्रशस्त प्रमाणका आधारमा उनीसहित अन्य २ लाई पक्राउ गरि कार्वाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

उनले अनेक बहानामा १७ वर्षीया किशोरीलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको तथ्य फेला परेको प्रहरीले बताएको छ । प्रहरी प्रमुख कार्कीले भने, ‘उनले होटलमा कामदारको रुपमा राखेकी किशोरीलाई विगत ६ महिनादेखि यौन व्यवसायमा लगाएकी थिइन् ।

प्रहरीले बिशेष सूराकीका आधारमा केही दिनदेखि उक्त होटल निग्रानिमा राखेको थियो । मंगलवार होटलमा छापा मार्दा स प्रमाण उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले जवरजस्ति यौन धन्दामा लगाईएकी १७ वर्षिया पीडित किशोरी र बोल्न नसक्ने २५ वर्षिया एक अपाङ्ग युवतीलाई पनि उद्धार गरेको छ ।

सञ्चालक काफ्ले सहित पक्राउ पर्नेमा, तामाकोसी गाउँपालिका ३ जफेका १९ बर्षीय सन्तोष भुजेल र सोही स्थानका १८ बर्षिय सुरोज पोखरेल रहेका छन् । पक्राउ पर्ने २ युवाहरु पोखरेल र भुजेललाई यौन धन्दा गर्दै गर्दा आपत्तिजनक अवस्थामा पक्राउ गरिएको दोलखा प्रहरीको जनाएको छ ।

प्रतिकृया दिनुहोस