मध्यराती इटहरीमा भीषण आगलागी

Itahari aagolagi

धरान । सुनसरीको इटहरीमा मध्यराती भीषण आगालागी भएको छ । जसका कारण साँढे ६ करोडभन्दा बढीको नोक्सानी भएको छ ।

इटहरी उपमहानगरपालिकाकै मुख्य बजारमा रहेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको पसलमा राती साँढे १२ बजे आगलागी भएको थियो । मध्य राती आगलागी भएका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल, सेनिटरीका सामग्री, विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत नष्ट भएको छ ।

राधाकृष्ण पेट्रोल पम्पसँगै एक घर पूर्वपट्टिको घरमा लागेको आगोलाई इटहरी, धरान, विराटनगर र इनरुवाबाट आएका बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा शुक्रबार बिहान ४ बजे मात्रै आगो नियन्त्रणमा लिएका थिए ।

प्रहरीले सो आगलागीबाट कम्तीमा पनि साँडे ६ करोडभन्दा बढीको नोक्सानी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 

प्रतिकृया दिनुहोस