चेपाङ बालबालिकाका लाई खाद्यान्न सहयोग

Chepang

चितवन । चितवनको रत्ननगरमा आश्रित चेपाङ बालबालिकाका लागि खाने अन्न सकिएपछि विभिन्न क्षेत्रबाट आज खाद्यान्न सहयोग गरिएको छ । यहाँ ४० बोरा चामलसहित दाल, नून, तेल, मसलालगायत खाद्यान्न सहयोग गरिएको छ ।

सौराहास्थित लायन्स क्लब अफ चितवन र लियो क्लब अफ चितवनले आज गामबेँशी चेपाङ संरक्षण केन्द्रमा पुगेरै त्यहाँ आश्रित चेपाङ बालबालिकालाई १५ बोरा चामल तथा दुई बोरा दाल सहयोग उपलब्ध गराएको हो ।

लायन्सका द्वितीय उपाध्यक्ष शीरलाल परियारले केन्द्रमा आएर हेर्दा खाद्यान्न सकिएको जानकारी पाएपछि लायन्स तथा लियोबाट पैसा संकलन गरेर यसरी खाद्यान्न सहयोग गरिएको बताए ।

परियारले बालबालिकाका लागि खाद्यान्न नभएको जानकारी आएपछि तीन दिनअघि पनि चार बोरा चामल सहयोग गरेका थिए । चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले चामल सकिएर बालबालिका भोगभोकै बस्ने अवस्था आएका बेला सहयोग भएको खाद्यान्नले ठूलो राहत मिलेको बताए ।

लायन्स क्लब इन्टरनेशनल ३ सय २५ वी२ का रिजन चेयरपर्सन योगेश अधिकारीले समस्यामा परेकालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्ठी भएको उल्लेख गरे । यस्तै सो केन्द्रमा खाद्यान्नको अभाव भएको थाहा पाएपछि आजै चितवनको भरतपुरका क्रिकेट खेलाडीले समेत खाद्यान्न सहयोग गरेका छन् ।

क्रिकेट खेलाडी निश्चल पाण्डेसहितको खेलाडी आएर २५ बोरा चामल, पाँच कार्टुन तेल, एक बोरा नुन तथा मसला सहयोग गरिएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिइए । सो केन्द्रमा विभिन्न क्षेत्रका करिब १ सय जना चेपाङ बालबालिका आश्रय लिएर पठनपाठन गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...