सिन्धुपाल्चोकको जुरे पहिरो पीडितलाई ३ वर्षपछि राहत

Jure

चौतारा, । ठूलो धनजनको क्षति भएको सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले ३ वर्षपछि राहत पाएका छन् । विसं २०७१ साउन १७ गते राम्चे–५ को इटिनी पहरो फुटेर गएको पहिराले १ सय ४५ जनाको निधन भई १ सय २२ घर पूर्ण क्षति भएकामा प्रभावित परिवारले अहिले आएर भूकम्प पीडितसरह राहत पाउन थालेका हुन् ।

उक्त पहिराबाट साबिक राम्चे, माङ्खा, धुस्कुन र टेकानपुरसहित ४ गाविसका बासिन्दा पीडित बनेका थिए । साबिक धुस्कुन र टेकानपुर गाविसका पीडितले यसअघि नै भूकम्पपीडित राहत पाइसकेका थिए तर कतैबाट राहत पाउन नसकेका साबिक राम्चे र माङ्खा गाविसका २० परिवारमध्ये राम्चेका ३ र माङ्खाका ७ सहित १० परिवारलाई भूकम्प पीडितसरह राहत वितरणका लागि सम्झौता भइसकेको र बाँकी परिवारका लागि सम्झौताको पहल भइरहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकका प्रमुख इ डा युवराज पौडेलले बताए ।

पीडितलाई राहत वितरणका लागि मापदण्ड पुनः वर्गीकरण गर्न जिल्लास्तरमा गठित समन्वय समितिले प्रतिवेदन दिएको थियो । त्यसैका आधारमा हालै निर्वाचित वडाध्यक्ष र सचिवको सिफारिसका आधारमा राहत वितरण गरिएको सो कार्यालयले जनाएको छ ।

उक्त पहिरामा साबिक चार गाविसका १ सय २२ प्रभावित भएका थिए । तीमध्ये ९ घर तथा जग्गासमेतमा क्षति पुगेको थियो । प्रभावितमध्ये जग्गा नहुनेलाई जग्गा खरिद गर्न थप ५० हजारसमेत उपलब्ध गराइएको प्रमुख पौडेलले बताए । ।

जुरे पहिरो पीडितका लागि विभिन्न संघसंस्था तथा व्यक्तिबाट संकलित २ करोड २५ लाख जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा जम्मा भएको थियो । राजनीतिक दलको समन्वयको अभावमा पीडित परिवारले राहतका लागि पटक पटक माग गर्दा समेत पाउन सकेका थिएनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...