पोखरा–लेखनाथको नीति ‘हाम्रो नगर उज्यालो शहर’

महानगरपालिकाले विनियोजन ग¥यो बजेट ४ अर्ब ३ करोड बजेट

पोखरा । देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकाले नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

विहीबारसार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महानगरका सबै टोलका सडकमा सोलार बत्ती जडान गरी ‘हाम्रो नगर उज्यालो शहर’ अभियानलाई सफल पार्ने नीति ल्याइएको छ ।

महानगरभित्रका ग्रामीण बस्तीमा ‘एक घर एक धारा’ को व्यवस्था गर्ने र व्यस्त क्षेत्र तथा सार्वजनिक स्थलमा धाराबाट सोझै पिउन मिल्ने शुद्ध पानीको व्यवस्था गर्न पहल गरिने महानगरको नीति तथा कार्यत्रक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बर्सेनि विश्व ज्येष्ठ नागरिक दिवसका दिन महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरुषलाई महानगर माता र महानगर पिताका रुपमा सम्मान गरिने बताए ।

विसीले आर्थिक वर्ष २०७२/०७५ को बजेट पनि सार्वजनिक गरेका छन् । जसमा ४ अर्ब ३ करोड ८२ लाख ५३ हजारे विनियोजन गरेको छ । महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४/७५ का लागि विनियोजन गरेको बजेटमा सरकारबाट प्राप्त सशर्त र निःशर्त अनुदानबाट १ अर्ब ८२ करोड र महानगरको राजस्व र करबाट २ अर्ब २१ करोड ८२ लाख ५३ हजार खर्च गरिने उल्लेख छ ।

त्यसैगरी कर तथा राजश्वबाट १ अर्व ३८ करोड, राजश्व बाँडफाँडबाट ३ करोड, अन्य आयबाट ५ करोड गरी १ अर्व ४६ करोड ४० लाख आन्तरिक स्रोतबाट उठाउने लक्ष्य रहेको छ । जुन कुल बजेटको ४०.७१ प्रतिशत हुन आउँछ ।

सबैभन्दा बढी रकम सामाजिक सुरक्षा भत्ता ४७ करोड ५ लाख विनियोजन गरिएको छ । कोष व्यवस्थापनतर्फ १५ करोड ५० लाख, पूर्वाधार विकाश क्षेत्रतर्फ १ अर्ब ३६ करोड ५३ लाख, वातावरण तथा विपद व्यवस्थापन क्षेत्रतर्फ १३ करोड ६५ लाख, सामाजिक विकास क्षेत्रतर्फ १५ करोड १० लाख, आर्थिक विकास क्षेत्रतर्फ २ करोड ३० लाख, वित्तिय व्यवस्थापन तथा सुशासन क्षेत्रतर्फ करोड १० लाख विनियोजन गरिएको छ ।

संस्थागत विकास तथा सेवा प्रबाह क्षेत्रतर्फ १ करोड २५ लाख, शसर्त अनुदान ७८ करोड ३९ लाख, लागत सहभागिता १५ करोड, फोहोर मैला व्यवस्थापन ९ करोड, प्रशासनिक खर्च ३० करोड ८४ लाख, वडागततर्फ ३५ करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र नगर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...