अबको पत्रकारिता खोजमुलक हुनुपर्छ : महानिर्देशक राई

भक्तपुर, । सुचना विभागका महानिर्देशक वीरबहादुर राईले अबको नेपाली पत्रकारीता सन्देश र जानकारी भन्दा पनि खोजमुलक हुनुपर्नेमा जोड दिएमा छन् ।

उनले पत्रकारीताको विकास र समृद्धिका लागि अब खोजपत्रकारीताकोे विकल्प नरहेको पनि बताए । नेपालमा पत्रकारका विविध कामलाई व्यवस्थापन गर्न जरुरी रहेको भन्दै उनले खोजपत्रकारीताको विकाससँगै पत्रकारहरुको सुरक्षाको चुनौती पनि उत्तिकै रहेको बताए ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज भक्तपुरमा गरेको खोजपत्रकारी तथा स्थानीय तहमा सञ्चारकर्मीको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक राईले सुचना विभाग पनि अब संघिय संरचना अनुसार नै अघि बढ्ने जानकारी दिए। ।

उनलेसुचना विभागलाई सुचना बैंकका रुपमा विकास गर्ने काम अघि बढिसकेको बताउँदै विभाग नै सुचना बैंकका रुपमा स्थापीत भएर आमसंञ्चारकर्मीलाई सहज हुने विश्वास पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं स्थानीयविज्ञ रामप्रसाद आचार्यले जिल्लामा रहेका बिषयगत कार्यालय साउन १ गतबाट कसरी सञ्चालनमा आउने भन्ने बारे अहिले पनि अन्यौलता रहेको बताए ।

महासँघ भक्तपुर शाखाका अध्यक्ष पुस्कर बुढाथोकीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल पत्रकार महासँघका पुर्वकेन्द्रीय अध्यक्ष धमेन्द्र झालगायतले भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...