प्रजातन्त्र र कानुनी शासनको बाधक भ्रष्टचार : गृहमन्त्री

Janardan sharma

काठमाडौँ । गृहमन्त्री जर्नादन शर्माले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएका बताएका छन् । श्रीलंकाको कोलोम्बोमा आयोजना भएको सार्क राष्ट्रहरुको गृहमन्त्रीस्तरीय आठौँ सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै गृहमन्त्री शर्माले भ्रष्टाचारले राजनिती, त्योसँग सम्बन्धित संस्थाहरु र नेतृत्वमाथी समेत जनताको विश्वास मात्र गुम्ने बताए ।

उनले श्रीलंकाली सरकारलाई भव्य स्वागत सत्कारका लागि धन्यवाद दिदैँ सार्कको महासचिव पदभार ग्रहण गर्नु भएको अहमद हुसेन बी सीयललाई बधाई दिएका थिए ।

उनले आतंकवाद तथा आपराधिक कृयाकलाप विरुद्ध उच्चतम प्रयास चाले पनि त्यस्ता समस्याहरुको समाधानमा कठिनायीको सामना गर्नुपरेको उल्लेख गरे ।

आतंकवाद विरुद्ध नेपालले ७ वटा महत्वपुर्ण कानुनहरु बनाउन लागेको समेत शर्माले जिकीर गरे । साथै सम्पत्ति शुद्धिकरण सम्बन्धि विषयहरुलाई सम्बोधन गर्नका पुनरावलोकन समिती समेत गठन भएको बताउदै अन्तराष्ट्रिय मापदण्ड अनुसार काम अगाडी बढेको जानकारी गराए ।

यसैगरी उनले प्रतिबद्धता र निर्णयहरु प्रभावकारी ढंगले कार्यन्वयन गर्ने बेला भएको पनि बताए । साथै अहिलेको परिवेशमा साइबर क्राइम विकास र समृद्धिकाको दिशामा ठुलो चुनौती समेत भएको उल्लेख गरेका छन् ।

उनले नेपालमा भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनबाट देशमा राजनितीक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक रुपान्तरण हुने बताए ।
२ दिने कार्यक्रममा गृहमन्त्री जनार्दन शर्मा प्रभाकर, सचिव लोकदर्शन रेग्मी र प्रवक्ता दिपक काफ्ले श्रीलंका गएका छन् । उनको असार ३० गते दिउस १२ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...