सुवेदीले छाडेपछि क्षेत्रीको भाग्य खुल्यो

Rajendra kishore kshatri

काठमाडौं । सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर फिलिपिन्सको मनिला गएपछि राजेन्द्रकिशोर क्षेत्रीको भाग्योदय भएको छ ।

उनलाई सरकारले नेपाल सरकारको मुख्य सचिव बनाएको छ । उनी कम्तीमा पनि ४ महिनासम्म मुख्य सचिव बन्न पाउने छन् । अर्थात् उनको मुख्य सचिवको अवधि कात्तिक ८ सम्म मात्र रहनेछ ।

समय नपुग्दै सुवेदी मनिलातर्फ हान्निएपछि सरकारले क्षेत्रीलाई मुख्य सचिव बनाएको छ । यदी सुवेदीले समय अवधी पुगेर छाडेको भए क्षेत्रीलाई मुख्य सचिव बन्न बाटो बन्द हुने थियो । तर, सुवेदी धेरै जागिर पाउने लोभमा एडिबीको जागिरे भएसँगै उनको भाग्य खुलेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई सरकारको मुख्य सचिव बनाएको हो । उनी सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सचिव थिए । उनलाई सरकारले वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो ।

०१६ कात्तिक ८ मा काठमाडौँको लैनचौरमा जन्मिएका क्षेत्री २०४१ पुस १९ मा शाखा अधिकृतमा सेवा प्रवेश गरेका थिए ।

तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीको पालामा उनलाई ऊर्जा मन्त्रालयमा सचिव बनाएर ल्याइएको थियो । तर, मन्त्री ज्ञवाली र सचिव क्षेत्रीको सम्बन्धलाई सोलु करिडोर प्रसारण लाइनको ठेक्का भारतीय कम्पनी मोहन इनर्जीलाई दिने विष्मयमा विवाद उत्पन्न भएको थियो । उनले सो निर्ण विरुद्ध नोट अफ डिसेन्ट लेखेका थिए ।

मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिमा सचिवले नोट अफ डिसेन्ट लेखेको प्राधिकरणको इतिहासमा पहिलो घटना थियो ।

प्रतिकृया दिनुहोस