४ बजेदेखि कालीखोलाको पहिरो हटाउन शुरु

Kalikhola pahiro

चितवन । अहिले निक्कै जोखिपूर्ण यात्रा छ भने मुग्लिङ नारायणगण सडक खण्डमा छ । यहँ दैनिक आइरहने पहिरोले यात्रुलाई सास्त्री मात्रै दिइरहेको छैन, यात्रा कष्टकर पनि बनाइरहेको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गतका विभिन्न स्थानमा अहिले पनि पहिरो जाने क्रम रोकिएको छैन । त्यही भएर स्थानीय प्रशासनले आइतवारदेखि राति कुनै पनि सवारी साधन चलाउन रोक लगाएको छ ।

पछिल्लो समय कालीखोलास्थित चार किलो भन्ने स्थानमा खसेको पहिरोले यात्रु र सडक डिभिजन कार्यालयलाई तनाव दिइरहेको छ । बुधबार दिउसो खसेको त्यहाँको पहिरो विहीबार बिहान ४ बजेदेखि पुनः हटाउन थालिएको छ । बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन ।

यसअघि पनि इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र चार किलो भन्ने स्थानमा पटकपटक पहिरो खसेको थियो । सडक विस्तारका क्रममा भित्तो काटिएको क्षेत्रमा बढी पहिरो खसिरहेको छ ।

राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका ३ सय सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको थियो । सो स्थानमा राती पहिरो हटाउन कामदारलाई पनि जोखिम भएपछि आज बिहान ४ बजेदेखि पुनः पन्छाउन थालिएको हो ।

मुग्लिनदेखि कालीखोला हुँदै घुमाउनेसम्मको सडक पहिरोको उच्च जोखिममा छ । सोही स्थान नजिकै यही असार ९ गते बिहान खसेको पहिरोमा परेर तीनजना प्रहरीको मृत्यु भएको थियो भने एक प्रहरी अझै बेपत्ता भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...