रानीबारी हत्या काण्डमा संलग्नलाई सर्वश्वसहित जन्म कैद

Ranibari kand

काठमाडौं । १४ वर्ष अघि भएको रानीबारी हत्याकाण्डमा संलग्न दुई जनालाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
सो घटनामा संलग्न भनिएका मनराज र प्रमेश दुई वर्ष अघि पक्राउ परेका थिए । बुधबार न्यायाधीश रमेशप्रसाद रिजालले एकल इजलासले उनीहरुलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

३१ असार ०५९ मा काठमाडौँको रानीबारीस्थित कोठामा बस्ने इन्जिनियर दम्पती हेमबहादुर श्रेष्ठ र अञ्जना श्रेष्ठको धारिलो खुकुरी प्रहार गरी हत्या भएको थियो । श्रेष्ठ दम्पतीको हत्या गरेको आरोपमा रामेछाप जिल्ला स्थायी घर भई जोरपाटी बस्ने चौहान र दोलखा खारे स्थायी घर भई सामाखुसी बस्ने गुरूङलाई २ वर्षअघि पक्राउ गरिएको थियो । गुरुङ र चौहान अहिले जेलमा छन् ।

उनीहरुले श्रेष्ठ दम्पती नभएर घरबेटी गीता खड्काको हत्या गर्न खोजेका थिए । उनी म्यानपावर व्यवसायी थिइन् र अहिले देश बाहिर बस्दै आएकी छन् ।

त्यसबेला गीता शौचालयमा लुकेका कारण बचेकी थिइन् । सो समुहले श्रेष्ठ दम्पतीकी ७ वर्षकी छोरीलाई पनि खुकरी हानेका थिए । तर, उनी बाँच्न सफल भएकी छन् ।

प्रहरीका अनुसार दुबै ‘कन्ट्राक्ट किलर’ हुन् । हत्याकाण्डका योजनाकार भने अझै पक्राउ परेका छैनन् ।

प्रतिकृया दिनुहोस