रामेछापका ३० उद्यमीलाई २५ लाख वरावरको प्रविधि हस्तान्तरण

रामेछाप । घरेलु तथा साना उद्योग विकास समिति रामेछापले जिल्लाका ३० जना लघु घरेलु उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरेको छ । आर्थिक बर्ष २०७३÷७४ मा नेपाल सरकारले उपलब्ध गराएको २५ लाख रकमबाट जिल्लाका विभिन्न ठाउँमा लघु घरेलु उद्योग संचालन गरेर बसेका उद्यमीहरुलाई मंगलबार विभिन्न मेशिन औजारहरु हस्तान्तरण गरिएको हो ।

सदरमुका मन्थलीमा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले उद्यमीहरुलाई मेशिन औजार हस्तान्तर गदै उद्यमीहरुको उद्योग र उनिहरुले गरेको कामको आफैले अनुगमन गर्ने बताए ।

धेरै ठाउँमा अनुदान र सहयोगकाले राम्रो प्रभाव नपारेको भन्दै यसवाट आफुले राम्रो कामको अपेक्षा गरेको उनको भनाई छ । उनले मुलुकको विकास घरेलु तथा साना उदोगवाटै हुने भएकाले यसलाई अझ बढाउन र प्रभावकारी रुपमा चलाउन उद्यमीहरुलाई जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । आफ्नै गाउँघरमा घरेलु तथा साना उद्योगहरु संचालन गर्न सके महिनाको ३० हजार कमाउन युवाहरु खाडी मुलुक जान नपर्ने उनको भनाई छ ।

कार्यक्रममा उद्योग विकास अधिकृत राजेन्द्र श्रेष्ठले लघु घरेलु उद्यमीहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम सरकारले नेपालमा पहिलो पटक संचालन गरेको बताए ।

उनले यसको राम्रो प्रभाव परे र उद्यमीहरुले उद्योगको विकास गर्दै लगे आगामि बर्षमा यो कार्यक्रम बढेर आउने बताए । उनले उद्यमीहरुका लागि सरकारले ल्याएका यस्ता कार्यक्रमलाई सहयोगीको रुपमा लिएर आफ्नो उद्योग विकास गरी आर्थिक विकास गर्न आग्रह गरे ।

उनले यस आर्थिक बर्षमा मात्रै रामेछापमा ५ सय ५५ जना लघु उद्यमीहरु बनेका र २ सय २२ वटा उद्योगहरु दर्ता भएको बताए । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २० जना नयाँ उद्यमीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । प्रमाणपत्र पाउनेहरुले सरकारले भर्खरै मान्यता दिएको निशुल्क दर्ता हुने लघु उद्यम दर्ता गराएर संचालन गरेका छन् ।
तामाकोसी खबर बाट साभार

प्रतिकृया दिनुहोस