सप्तरीको तिलाठी मा बाढीमा फसेका गर्भवती महिलाको उद्धार

Badi 1 1

राजविराज, । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी गाउँमा बाढीमा फसेकी १ गर्भवती महिलालाई उद्धार गरिएको छ ।
दुई फिट पानी पसेर समस्यामा रहेकी ३० वर्षीया ज्योतिदेवी मिश्रालाई उद्धार स्थानीय वासीको सहयोगमा उद्धार गरिएको हो ।

स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

यसैबीच आर्थिक अवस्था कमजोर भएकी उक्त गर्भवती महिलालाई स्थानीय व्यवसायी अङ्कितकुमार र शिवशङ्कर पौडेलले जनही ५ हजारका दरले सहयोग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस