राहत नपाउँदै द्वन्द्वपीडितको निधन

रसुवा । राहत लिन गएका व्यक्ति राहत नपाउँदै मृत्यु हुन्छ होला भन्ने कसले सोचेको हुन्छ र ? रसुवामा त्यस्तै भएको छ ।

द्वन्द्वकालीन समयको राहत बुझ्न जिल्ला प्रशासन कार्यालय पुगेका उत्तरगया गाउँपालिका–३, ठूलो गाउँका ४५ वर्षीय रथबहादुर गुरुङको मंगलबार निधन भएको हो ।

देश द्वन्द्वको समयमा तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएको बेला मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालय पुगेका वेला उनलाई अचानक ज्वरो आएको थियो । उनलाई तत्काल अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा उनको जिल्ला अस्पतालमा निधन भएको थियो । उनको फोक्सो–कलेजोले काम गर्न छोडी अन्तिम क्षणमा भेटिएकाले बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् ।

सोमबार आवेदन बुझाएका गुरुङले मंगलबार आफ्नो द्वन्द्वपीडितको परिचयपत्र प्राप्त गर्ने प्रक्रियामा थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...