धनकुटाका शिक्षाप्रेमी श्रेष्ठको निधन

Shiba kumar shresth

काठमाडौं । धनकुटा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शिवकुमार श्रेष्ठको निधन भएको छ ।

धनकुटा नगरपालिका वडा नं. ६ सिरान बजार निवासी ८२ वर्षीय श्रेष्ठको मंगलबार विहान ११.४५ मा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको हो । श्रेष्ठ लामो समयदेखि फेक्सोको क्यान्सर पीडित थिए ।

२०५३ देखि पटकपटक गरेर ३ पटक धनकुटा बहुमुखी क्याम्पसको प्रमुख भएका श्रेष्ठलाई धनकुटामा शिक्षाप्रेमीका रुपमा परिचित थिए । श्रेष्ठका १ श्रीमति, २ छोरी र १ छोरा छन् ।

उनको मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नेपाल अर्बुद रोग निवारण संस्थामा अध्यक्ष इश्वर श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...