विराटनगर महानगरका मेयर भन्छन्, सय दिनमा विराटनगर धुलो र हिलोबाट मुक्त हुन्छ

Bhim parajuli indu

विराटनगर । नेपालका सहरहरुको नियति यस्तो छ कि घाम लाग्दा धुलोले गर्दा सडकमा हिड्न सकिँदैन भने पानी पर्दा हिलाम्यै हुनुपर्ने अवस्था छ । तर विराटनगर महानगरपालिकाका मेयरले भने धुलो र हिलोमुक्त बनाउने घोषणा गरेका छन् ।

पूर्वी नेपालको एक मात्र महानगरपालिका हो यो विराटनगर । यहाँको बाटो फराकिलो बनाउन चौतर्फी बाटो खनिएको छ । महेन्द्र चोक आसपासमा त अहिले पानी नपरेको बेला धुलोले हिड्न सकिँदैन । पानी परेको बेला सो सडक रोपाई गर्न लायक हुन्छ ।

यस्तो अवस्थामा महानगरका पहिलो मेयर भीम पराजुलीले आफुले १ सय दिनमै विराटनगरलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेका छन् । यतिवेला वर्षात्ले तराईका अधिकांस जलमग्न भएका छन् । विराटनगर पनि पानी पर्दा सधैं जलमग्न हुने गर्छ ।यसबाट मुक्त दिलाउन पराजुलीले यस्तो घोषणा गरेका हुन् ।

विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलबाट शपथ लिँदै एक सय दिनमा विराटनगरवासीलाई धुलो र हिलोबाट मुक्त गराउन पहल गर्ने प्रतिवद्धता जनाए ।

‘महानगरलाई सधैं सफा र सुग्घर बनाइराख्न धुलो र हिलोबाट मुक्त गर्न जरुरी छ’ उनले भने, ‘१ महिनाभित्र यसलाई मुक्त गराउने प्रयास गर्ने छु ।’ पराजुलीले महानगरपालिकालाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी बनाइने प्रतिबद्धता जनाए ।

सो अवसरमा उपप्रमुख इन्दिरा कार्कीले विराटनगरलाई शान्त र हराभरा तथा भयमुक्त महानगरका रुपमा विकसित गरिने बताउँदै अन्यायमा परेका महिलालाई न्यायका लागि अन्यत्र कतै जानु नपर्ने अवस्था ल्याइने प्रतिवद्धता जनाएकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...