राति र बिहानको समयमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालनमा रोक 

Nepal 650

काठमाडौँ, । सरकारले बुधबारदेखि काठमाडौँको चक्रपथ क्षेत्रमा बिहान र बेलुका कार्यालय सञ्चालनको समयमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालनमा रोक लगाउने भएको छ । महासङ्घले काठमाडौँमा ट्रक तथा टिप्पर पार्किङ नहुँदा समस्या परेको जनाएको छ ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिप्पर व्यवसाय महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घको  यातायात व्यवस्था विभागमा बसेको संयुक्त बैठकले बिहान– ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

उक्त समयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट भित्रिने ट्रक, मिनिट्रक र टिप्परमा रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामा कोटेश्वर क्षेत्रमा सवारी साधनको चाप बढी भएकाले चक्रपथ क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाएको बताए ।

प्रमुख लामाले मुग्लिङ–नारायणगढ सडक रातिको समयमा बन्द भएपछि कोटेश्वर क्षेत्रमा सवारी चाप बढेको भन्दै सवारी चापलाई कम गर्न उक्त निर्णय गरेको बताए ।

मुग्लिङ–नारायणगढ सडक सञ्चालन हुँदा बिपी राजमार्गमा दैनिक १ हजार ५ सय को हाराहारीमा सवारीसाधन सञ्चालन हुनेमा उक्त सडक रोक लगाउँदा बिपी राजमार्गमा दैनिक ६ हजार ५ सय को हाराहारीमा सञ्चालन हुने महाशाखाको तथ्याङ्क छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे सबै नाकाबाट काठमाडौँ भित्रिने ट्रक, टिप्पर र मिनिट्रकलाई कार्यालय अवधिमा सञ्चालनका लागि रोक लगाएको बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...