पक्राउ परिन् व्यवसायी हत्यामा संलग्न पूजा घर्ती

Puja

दाङ । दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको हत्यामा संलग्न पूजा घर्ती भारतको हिमान्चल प्रदेशबाट पक्राउ गरिएको छ । उनलाई आज साँझ सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रेमको नाटक गरी घर्तीले फोन गरेर व्यवसायी श्रेष्ठलाई सल्यान बोलाएकी थिइन् । उनलाई घर्तीकै योजना अनुरुप व्यवसायी श्रेष्ठको हत्या भएको थियो ।

प्रहरीले सो द्धटनामा संलग्न रहेको आशंकामा यसअघि ४ चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ ।

व्यवसायी श्रेष्ठसँग घर्तीको सो समुहले ३ करोड फिरौती मागिएको थियो । उनीहरुले फिरौती नपाएपछि श्रेष्ठको हत्या गरेको स्वीकार गरेका छन् । अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको प्रहरीको भनाई छ । तर, २७ जेठमा अपहरणमा परेका श्रेष्ठको शव १६ असारमा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...