दोस्रो चरणका सबै स्थानीय तहको अन्तिम नतिजा घोषित  

 

काठमाडौँं, । दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३ सय ३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ ।

सोअनुसार नेकपा एमाले १ सय ५१, नेपाली काँग्रेस १ सय २२, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल आठ, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार र राष्ट्रिय जनमोर्चाका दुई उम्मेदवार प्रमुख÷अध्यक्षमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा स्वतन्त्र ३ उम्मेदवार पनि प्रमुख÷अध्यक्षमा विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख÷अध्यक्षमा एमालेले ४५.२ प्रतिशत, काँग्रेसले ३६.५ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १ सय ७५, काँग्रेस १सय ४, माओवादी केन्द्र ३८, समाजवादी फोरम सात, लोकतान्त्रिक फोरम छ तथा जनमोर्चा र राप्रपाका २ ÷२ उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

दोस्रो चरणका ३ सय ३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन भएको छ । सो निर्वाचनमा ४७ लाख ४० हजार ५ सय २२ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस