नेपाल बन्दको आह्वान गर्दै चितवनमा गाडी तोडफोड

Buss1

चितवन, । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मंगलबार बिहान पूर्वपश्चिम राजमार्गको खैरहनी बन्दको आह्वान गर्दै गाडीमा तोडफोड गरेका छन् ।

बरहथवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १०८५ नंको बसमा तिनले ढुङ्गा प्रहार गरेका थिए । बिहान २ः४५ बजे स्कुटरमा चढेर आएका २जनाले पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित खैरहनी चोकमा गुडिरहेको गाडीमा ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीको चालकतर्फको झ्यालका सिसा फुटेका छन् ।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ढुङ्गा प्रहार गर्नेको खोजी भइरहेको छ । सो पार्टीले आफ्ना गिरफ्तार कार्यकर्ताको रिहाइको माग गर्दै मंगलबार नेपाल बन्दको आह्वान गरेको छ ।

जिल्ला हुँदै लामो दूरीमा गुड्ने सवारीसाधनलाई स्कर्टिङ गरिएको थापाले बताए । स्थानीयस्तरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बन्दको प्रभाव बिहानसम्म खासै देखिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...