जहाँ पैसा तिरेरै पनि ज्यानको बाजी लगाएर बाटो हिँडिन्छ

Kachchi sadak

जाजरकोट । बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ भन्दा अनौठो नमान्नुहोला । तर जाजरकोट जिल्लाको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिँडेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ ।

पैसा नतिरे यात्रा गर्न मुस्किल हुने भएपछि व्यक्तिपिच्छे २ सय देखि ५ सयसम्म रकम स्थानीयलाई बुझाउन यो बाटोमा हिँड्ने यात्रु बाध्य छन् ।

साविकको नायकवाडा, रोकायगाउँ, सक्ला, लहँ, रामीडाँडा र खगेनकोटका गाविसका स्थानीयबासी रकम तिरेरै पनि यो बाटोमा कष्टकर यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्रीको ढुवानी पनि गर्ने गरेका छन् ।

नलसिंहगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण गर्न सडक निर्माण कार्यमा ढिलासुस्ती भएपछि यहाँका स्थानीय बाटो नहुँदा पाइलैपिच्छे रकम तिर्न बाध्य भएका हुन् ।

कडा चट्टान र भिरालो जमिनमा बम पड्काएर भत्किएको बाटो समयमै मर्मत नहुँदा दैनिक सय भन्दा बढी यात्रु यात्रा गर्न पैसा तिरेरै नजिकका स्थानीयको शरणमा पर्दै बाटो पार गर्ने गरेका छन् ।

बाटो पार गर्नका लागि डोरीको प्रयोगदेखि चट्टानमा उम्रिएका खरको सहारा लिनुपर्ने बाध्यता रहेको छ । बाटोमा केही सामग्री नल्याई खाली आए पनि, आउन र जान ज्यानको बाजी नै लगाउनुपर्ने हुन्छ, अलिकति तलमाथि हुने बित्तिकै नलसिंहगाड नदीमा परिन्छ । यसरी ज्यान बचाउनकै लागि भएपनि पैसा तिर्न बाध्य भएको वारेकोट गाउँपालिका–९ का रवि महतराले बताए ।

निर्माणको जिम्मा लिएका ठेकेदारले जथाभावी पहिलेको बाटो भत्काएर बनाएको नयाँ बाटोमा मानिससम्म हिँड्न नमिल्ने पारेर मर्मत नगर्दा निकै समस्या भएको महतराले बताए । करिब १० किलोमिटर बाटो निर्माण हुँदैछ । यो बाटोमा माथिबाट ढुङ्गा खस्ने भएकाले अत्यन्त जोखिमयुक्त बाटोको रुपमा लिइँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘कामीको छोरी’ रुपा सुनारले किन पाइनन् काठमाडौंमा डेरा ?

Rupa sunar nishannews

काठमाडौँ । मिति : असार १ गते मंगलबार । समय : दिउँसो २ बजे । स्थान : बबरमहल, काठमाडौं । इमेज ट...