बिप्लवको बन्दको काठमाडौंमा सामान्य प्रभाव

पाल्पामा प्रेसरकुकर बम विष्फोट

Banda 27

काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको राजधानीमा खासै प्रभाव परेको छैन । तर, बन्दको पूर्वसन्ध्यामा भने पाल्पामा बम विष्फोट गराएको छ ।

चन्द नेतृत्वको माओवादीले स्थानीय तहको निर्वाचनका बेला विना कारण आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर हालसम्म पनि रिहाई नगरेपछि उनीहरुको रिहाईका लागि दवाव दिन बन्द गरेको थियो ।

राजधानीमा बन्दको खासै प्रभाव परेको छैन । साना ठूला सवारी साधन चलेका छन् भने राजधानीबाट बाहिरिने सवारी साधान पनि नियमित सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

माओवादीले विहानै पाल्पाको तानसेनस्थितभगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट गराएपछि तानसेनमा बन्दको प्रभाव परेको छ ।

बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । आज बिहान ४ बजे एक्कासि ठूलो आवाजमा भएको बम विष्फोटले स्थानीय त्रसित भएका छन् । तानसेन बजारको बीच र माथिल्लो भागमा विष्फोट भएको बमको आवाजले स्थानीय त्रसित भएका हुन् ।

प्रतिकृया दिनुहोस