धरानमा एमालेको शानदार जित

वडामा एमाले १४, कांग्रेस ५ र माओवादी केन्द्रको १ मा जित

Dharan tara subba

धरान । धरान उपमहानगरपालिकामा नेकपा एमालेले शानदार जित हात पारेको छ । धरानमा नेकपा एमालेका तारा सुब्बा मेयरमा निर्वाचित भएका छन् । उपमेयर पनि एमालेकै पोल्टामा परेको छ ।

सोमबार साँझ सकिएको मतगणानाअनुसार धरानको मेयरमा तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर विजयी भए भने उपमेयरमा एमालेकै मन्जु भण्डारीले २१ हजार २ सय ५६ मत ल्याएर विजयी भइन् ।

मेयरका निकटतम प्रतिद्वन्दी कांग्रेसका तिलक राईले १६ हजार २ सय २ ल्याए भने नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याए ।

उपमेयरमा एमालेकी भण्डारी सुवेदीकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार १ सय ९७ मत ल्याइन् भने उपमेयरमा संघीय समाजवादी फोरम नेपालका पारस राईको पक्षमा ५ हजार १ सय ८१ मत ल्याएका थिए ।

उपमहानगरको २० मध्ये १४ वडा एमालेले जितको छ भने ५ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ । एमाले वडा नं. ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० नेकपा एमालेले जित भएको छ भने १, २, ५, १४ र १८ जितेको छ । माओवादी केन्द्रले वडा नं. १७ मा मात्रै जित हात पारेको छ ।

१४ असारमा भएको स्थानीय तहको निर्वाचनमा धरान ९ को मतगणना हुँदाहुँदै विवाद हुँदा केहीदिन मतगणना रोकिएको थियो । दुई दिन मतगणना रोकिएपछि पनि केही समय विवाद उत्पन्न भएको थियो ।

यसअघि २०४९ मा एमालेका ध्यानवहादुर राई र २०५४ मा एमालेकै मनोज मेन्याङबो मेयर निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...