मनमोहन घटना : सरकारले बनायो उच्चस्तरीय समिति

Manamohan hospital

काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पत्थरीको शल्यक्रियामा मिर्गौला झिकिएको विषयमा छानविन गर्न स्वास्थ्य मन्त्रालयले उच्चस्तरी छानविन समिति गठन गरेको छ ।

सो अस्पतालले नुवाकोटको विदुर नगरपालिका–१२ का शिवप्रसाद रिमालको पत्थरीको शल्यक्रियामा मिर्गौला झिकेको भन्दै चौतर्फी आलोचना भएको थियो । त्यसको विरोधमा आफन्तले अस्तलताल घेराउसमेत गर्दै आएका थिए ।

गत शुक्रबार व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले उक्त घटनाका विषयमा छानबिन आयोग गठन गरी प्रतिवेदन माग गरेपछि मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको हो ।

मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको संयोजकमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीलाई तोकेको छ । सो समितिमा सहसचिव सनत केसी, मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठ, उपसचिव भवनाथ खतिवडा, वीर अस्पतालका युरोलोजिष्ट डा अनिल श्रेष्ठ, मन्त्रालयका कानुन शाखाका उपसचिव शम्भु रेग्मी र शाखा अधिकृत रेवतीरमण शर्मा सदस्य रहेका छन् ।

एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका रिमाल कोखको अत्यधिक दुखाइपछि गत २२ जेठमा उपचारका लागि उक्त अस्पतालमा भर्ना भएका थिए । उनी भर्ना भएपछि उनको २५ गते शल्यक्रिया गरिएको थियो । अस्पतालले रिमालको मिर्गौला झिकेको भन्दै विरोध भएको थियो ।

अस्पतालले भने विरामीलाई खतरा नहोस भनेर परिवारको सल्लाहमा मिर्गाैला झिकिएको र अस्पतालमै रहेको बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...