नदीको तटबन्ध भत्किन थालेपछि खलंगाबासी त्रसित

Mahakali

काठमाडौं । महाकाली नदीको कटानबाट खलंगालाई जोगाउन बनाइएको तटबन्ध भत्किन थालेपछि खलंगाबासी त्रसित भएका छन् ।

महाकाली नदीमा ‘तटबन्ध निर्माण हुन थालेपछि महाकालीमा पानीको बहाव जति बढे पनि स्थानीयले सुरक्षित हुने आशमा गरेका थिए । तर, फेरि महाकाली नदी नियन्त्रणका लागि लगाइएको तटबन्ध भाँसिन थालेपछि खलंगावासी थप त्रसित बनेका छन् ।

रिङनताल क्षेत्रमा पर्ने प्याकेज नम्बर १० मा निर्माण गरिएको ग्रेभेटी रिटेनिङवालको सपोर्टमा रहेका ढुंगाहरु नदीको बहावले बगाएको छ ।

भारतको पिथौरागढ जिल्लाको खोतिल क्षेत्रमा गएको पहिरोले महाकालीको मूल प्रवाह नेपालतिर फर्किएका कारण पनि खलंगामा महाकाली नदीले कटान गर्न थालेको छ ।

०७० साल साउन २ मा आएको महाकाली बाढीले सदरमुकाम खलंगामा ठूलो जनधनको क्षति भएको थियो । फेरि महाकाली नदीको बहाव रोक्न लगाइएको तटवन्ध भत्किन थालेपछि स्थानीयको होस नै हराएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...