मोरङमा करेन्ट लागेर मृत्यु

Electric shock

मोरङ, । मोरङको सुन्दरहरैचा नगरपालिका–११ बेलेपुरमा सोमबार बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहन सुब्बा रहेका छन् ।

बिहान आफ्नै घरमा रहेको कुखुरा फार्ममा स्टेन फेन समाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका सुब्बाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको इप्रका बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

यसैगरी, मोरङको विराटनगर–१४ स्थित नयाँ आँखा अस्पतालनजिकै सोमबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेको छ । बिहान ६ बजेतिर विराटनगर–१७ बस्ने ५० वर्षीय मोहमद रफिकलाई स्थानीयवासीले मृतावस्थामा भेटेपछि प्रहरीमा खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘कामीको छोरी’ रुपा सुनारले किन पाइनन् काठमाडौंमा डेरा ?

Rupa sunar nishannews

काठमाडौँ । मिति : असार १ गते मंगलबार । समय : दिउँसो २ बजे । स्थान : बबरमहल, काठमाडौं । इमेज ट...