पसलमा खाना खाएको भाँडा माझ्न नमान्दा यसरी पिटिए दलित

Cleaning job

गुल्मी, । खाना खाएर भाँडा नमाझेको भन्दै गुल्मीमा एक दलित निर्घात कुटिएका छन् । मुसिकोट नगरपालिका वडा नम्वर–४ का ४२ वर्षिय कर्णबहादुर सार्की कुटिएका हुन् ।

साविकको बडागाउँ हलोगाडेका एक पसलमा खाना खाएको भाँडा माझ्न नमानेको र मदिरा सेवन गरी पसल भित्र पिसाब गरेको आरोपमा कुटिएका हुन् ।

सार्कीलाई हलोगाडे वजारमा किराना पसल संगै घरेलु मदिरा बेच्दै आएका टेकबहादुर कार्कीका श्रीमति शोभा कार्की र उनका छोरा कृष्ण कार्कीले मरणशन्य हुने गरी कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

पसलमा खान खाएको भाँडा नमाझेको र पिसाव समेत फेरेको आरोपमा कुटपिट गरिएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका असई सत्यनारायण यादवले बताए ।

निर्घात कुटिएका सार्कीको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ । उनको टाउँकोमा घाउहरु छन् । आँखामा रगत जमेको छ । ढाडमा लाठीका निलाडाम रहेका छन् । वायाँ पट्टीको सातौ नम्वरको करङ्ग समेत भाँचिएको उनको उपचारमा संगल्न डाक्टर सुरेन्द्र रायमाझीले बताए ।

पीडितको वयान यस्तो छ
–म चामल लिन भनेर उनिहरुको पसलमा गएको थिएँ ।
–एक गिलास जति रक्सी खाएर जान्छु भनेर खाना थाले।
– खाँदै जाँदा तिन गिलास खाएछु । त्यो रक्सी खाएका भाँडा माझेर घर जा भन्नु भयो । रक्सीको बेला मैले अलि अटेर गरे जस्तो गरेछु ।
– त्यस पछि माझेर जान्छु भनेर भाँडा माझ्ने ठाउँतिर पसे
– रक्सी अलि लागेको थियो । म भाँडा माझ्ने ठाउँमा लड्न –पुगेर पानी भएको भाँडो मरो शरिर भरी पर्यो र म पनि भिजे, भुईभरी पनि पानी भयो । साहुनी शोभाले त्यसै वेलामा भुँईमा पिसाव फेर्यो भन्ने बहाना बनाएर कुट्दै बाहिर निकाल्नु भएको हो ।
– मेरी श्रीमति आएर थप कुटाई खाने डरले ओमबहादुर सिंहको घरमा ल्याएर सुताईन  ।
– त्यही घरमा सुतिरहेको बेला उनका छोरा कृष्ण खोज्दै आएर एकाएक लाठी वर्षाएपछि म बेहोस भएर ढलेको हुँ ।

यसो भन्छिन् उनकी श्रीमति
–यदि पिसाब फेरेकै भए म लिपपोत दिन्छु भनेकै थिएँ । उनैका पसलमा रक्सीले टिल पर्नु भएका मान्छेलाई नकुट्नुस भनेर हात जोड्ता पनि हानेको हानै गरे । ओमबहादुर सिंहको घरमा रोक्न खोज्नेलाई पनि दिईएन् ।
– त्यहाँका पसल होटलहरुलाई हामी दलितले खाएको भाँडा नमाझ्ने हो भने त बाँच्नु छैन् । सधै माझ्दै आएका थियौं , उहाँले पनि माझ्नु हुन्थ्यो होला तर रक्सी लागेर होला लड्नु भए छ ।

स्थानिय दलित महिला प्रतिनिधी मिरा बिश्वकर्मा
– त्यहाँका होटल पसलमा सधै त्यस्तै हो । भाँडा त अनिवार्य माझ्नु पर्दछ ।
– दमन र अत्यचार त सहँदै आएका थियौं तर हिजो गोरु चुटे झैं चुटेर वेहोस बनाउँदा स्टेचरमा हालेर अस्पतालमा लैजान समेत अवरोध गरियो ।
– त्यसरी कुट्न नहुने भनेर आवाज उठाउँदा म आफुको समेत घरमा गएर हातपातको प्रयास गरियो ।
– म कांग्रेसबाट दलित महिला उम्मेदवार रहेको र उहाँ कांग्रेसमा भोट हालेको रिस समेत साँधियो ।
– यति ठुलो घटनालाई पनि त्यहाँ उनीहरुका पक्षधरले सामन्य घटना ठानेका छन र उल्टै झुटा आरोप लगाएर उनै पिटाई खाने मान्छेकै गल्ती देखाउने तानावुना बुनिदैछ ।

घटना खेदजनक छः कांग्रेस प्रतिनिधी
स्थानिय नेपाली कांग्रेसका प्रतिनिधी केशव सिंह ठकुरीले यो जमनामा पनि होटल पसलहरुमा दलितहरुलाई भाँडा माझ्न लगाउनु र झन त्यसरी पिट्नु खेत जनक भएको प्रतिकृया दिए । त्यस माथी बेहोस भएर लडेको मान्छेलाई उनका आफन्तले उपचार गर्न लैजान खोज्दा धेरै अरु मान्छे जुटेर घेराउ गरेको आफुले समेत जानकारी पाएको उनले बताए ।

एमाले प्रतिनिधीको वचाउ
नेकपा एमालेका स्थानीय प्रतिनिधी तथा त्यस वडामा नवनिर्वाचित वडाध्यक्ष ओमबहादुर केसीले भने कुटपिटको आरोप लागेका ति दुई आमा छोराको बचाउ गर्ने भाषा प्रयोग गरे ।

उनले भने–‘ दलितहरुले पनि आफ्नो व्यवहार सुधार गर्न जरुरी छ । बढि रक्सी पिएर जथाभावी बोल्न हुँदैन्थ्यो । म तिनै कार्की परिवारको घरमा बुझेर आएँ । त्यसरी कांग्रेसजनले उचाले जस्तो गरी कुटेको होईन रहेछ । हप्काएर घर पठाएको रहेछ् । पछि बाटोमा लडेर घाईते भएको भन्ने सुनेको छु ।’ दलित भनेर हुन्छ र व्यवहार पनि त राम्रो हुनु पर्यो नि यो प्रति प्रश्न केसीले बारम्वार दोहोर्याए ।

आरोपितहरुको जिकिर
हामी कहाँ रक्सी किनेर खाएको होईन । अन्यत्रैबाट रक्सीले टिल परेर आएको थियो । उसको दाजु हामी कहाँ बसेर रक्सी पिउँदै थिए । उनैले दिएको रक्सी पिएर जथाभावी बोल्दै थियो । भाँडा माझ्न लगाएको होईन ।

आफु माझ्न जाँदा भाँडा पल्टाई दिने , गरे पछि हप्काएर मात्रै पठाएको हो ’ आरोपित शोभा कार्कीले भनिन् त्यसपछि यहाँका केहि मान्छेहरुले बढाई चढाई गरेर केश ठुलो बनाउन खोजेका हुन् ।

मैले लाठीले हानेको होईन धक्काएको मात्रै हुँ । मलाई झुटो आरोप लगाएका हुन् उनका छोरा कृष्णले भने तपाईहरुलाई जे सुनाईएको छ त्यो गलत हो ।

लाठीले हानेपछि
नव निर्वाचित त्यस वडाका अध्यक्ष केसी र ति कार्की आमा छोराले भने झैं सार्की साँच्ची लडेरै त्यस्तो घाईते भए होलान तस्वीर आफै बोल्छ । उनको ढाडमा आज दोश्रो दिन सम्म पनि लाठीका निला डामहरु छन् । आँखमा रगत जमेको छ । मुक्का प्रहार भएको रक्ताम्मे आँखा, टाउँको, खुट्टा र शरिरका अन्य चोटहरुले देखाउँछ के कस्तो कुटपिट भएको रहेछ भन्ने छर्लङ्ग देखाउँ छ । तर पनि यस्तै जालझेल गरिन्थ्यो पञ्चायत कालमा ।

वहुदल आए पश्चात पनि कुर्घाका एक जना दलितलाई अन्य जाती संग गैह्र दलित बनेर विवाहको भोज खान गएकोमा लघार्दै ढुङ्गाले हान्दै मारिएको दलित अधिकारकर्मीहरु बताउँ छन् । तर सवै प्रमाणहरु नष्ट गर्दै उनलाई लडेर मरेको भन्ने पारिएको थियो । अहिले डेढ दशक पछि पनि त्यस्तै प्रकृतिको घटना दोहराउन खोजिएको दलित अधिकारकर्मीहरुको टिप्पणी छ । एमाले निकट उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण बिश्वकर्माले यस घटनालाई आफुहरुले गम्भीर रुपमा लिएको र सवै दल विचारका अधिकारकर्मी जुटेर कार्वाहीको लागि सम्वन्धित निकायलाई घच्घचाउने बताए ।

स्थानीय दलित अधिकारकर्मी अमृत नेपाली
एमाले जनले उनी कांग्रेस भएका कारण चुनावी रिस समेत फेरेको आरोप लगाए । उपचार गर्न लैजाँदा समेत आफुहरुलाई घेराउ गरिएको , अहिले सम्म पनि आफुहरुलाई होटल र चिया पसलहरुमा भाँडा नमाझेको खण्डमा याताना दिने गरिएको र यति वेला त मरणाशन्य हुने गरी कुटपिटमा समेत उत्रिएको दुःखेसो गरे ।

स्मरण रहोस वहुदल पश्चात पनि त्यही साविकको त्यसै गाविसको मैदानमा चिया पसलमा खाएको भाँडा नमाझेकै कारण बाटो हिडिरहेका हालको वडा नम्वर ३ का वावुराम सुनारलाई बाटो कुरेर बसेकका केहि युवाहरुले निर्घात कुटेका थिए । पछि अदालतमा मुद्धा परेपछि उनिहरुलाई मार्फ मगाईएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...