भरतपुर मतपत्र प्रकरणः सुनुवाई सर्यो

न्यायाधीशले भ्याएनन् अर्को सोमबार सुनुवाई हुने

Supreme court of nepal

काठमाडौँ । न्यायाधीशले नभ्याउने भएका कारण सोमबारको लागि तोकिएको भरतपुर महानगरमा च्यातिएका मतपत्र विषयको सुनुवाई अर्को सोमबारको लागि सरेको छ ।  

सुनुवाईका लागि न्यायाधीश द्धय पुरुषोतम भण्डारी र ओमकुमार मिश्रको संयुक्त इजलासमा तोकिएको थियो । तर, न्यायाधीश ओमकुमार मिश्रले आफू बाहिर जानु परेकाले नभ्याउने बताएपछि आज हुने भनिएको सुनुवाई अर्को सोमबारका लागि सारिएको हो ।

पहिलो चरणमा भएको निर्वाचनको मत गणनाका क्रममा भरतपुरमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले मतपत्र च्यातिको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगको निर्णयविरुद्ध एमालेका तर्फबाट १९ नम्बर वडाका वडासदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम अर्यालले निर्वाचन आयोगको निर्णय विरुद्ध पुनः निर्वाचन नभएर पुनः मतगणना हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई हुने भनिए पनि मिति भने सर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...