स्थानीय तहका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण

Samsad 23

काठमाडौँ, । व्यवस्थापिका–संसद्को सोमबार बैठकमा सांसदहरूले आफूले प्रतिनिधित्व गरेका जिल्लाका समस्या, दुर्घटना, दैवी विपत्ति र रुढीका कारण उत्पन्न असहज परिस्थितिबारे सदन र सरकारको ध्यानाकर्षण गराए ।

तर नेकपा एमालेका सांसद वंशीधर मिश्रले मनमोहन अस्पतालमा उपचाररत एक बिरामीको पत्थरीको शल्यक्रिया गर्दा मिर्गौलाबाट अति रक्तस्राव भएकाले निजको ज्यान जोगाउन मिर्गौला झिक्नुपरेको स्पष्टीकरण दिए ।

केही सांसदले निर्वाचनका बेला अकल्पनीय रुपमा रकम खर्च भएको र त्यसको हिसाबकिताब हुनुपर्ने भन्दै निर्वाचन आयोगको खर्च विवरणमा प्रस्तुत हुने खर्च देखावटीमात्र भएकाले त्यसको वास्तविकता पनि छानबिन गर्नुपर्ने आवश्यकता औल्याए ।

सांसद भेषकुमारी राउतले सुङ्गुरको खोरजस्तो स्थानमा रजस्वला भएकालाई राख्दा सर्पले डसेर आफ्नो जिल्लामा एक महिलाको ज्यान गएको बताउँदै सामाजिक कुसंस्कार र कुरीति अन्त्यका लागि सरकारले चेतना फैलाउनुपर्नेमा जोड दिए ।

सांसद श्यामकुमार श्रेष्ठ काभ्रेले स्थानीय तहको निर्वाचन बढी महँगो भएको र एउटै वडामा ३० लाखसम्म खर्च भएको सूचना आएकाले निर्वाचन स्वच्छ भयो भनेर गरिएको प्रचारसमेत जायज नभएको बताए ।

सांसद जनकराज जोशीले पनि स्थानीय तहको निर्वाचन आवश्यकताभन्दा बढी महँगो भएको र पैसा नहुनेले निर्वाचन नै लड्न नसक्ने अवस्था आएको भन्दै राष्ट्रिय दलको मान्यता प्राप्त गरेको दललाई राज्यले सीमित रकम वितरण गरेर चुनावमा सहभागी हुने वातावरण बनाउनुपर्ने धारणा व्यक्त गरे ।

सांसद सोमप्रसाद पाण्डे र तुलसा रानाले तिनाउ खोलाले मे१ज १२१७ नंको जिप बगाउँदा चारजना बेपत्ता भएको र स्थानीय प्रशासनले बेपत्ता नागरिक खोज्न कुनै ध्यान नदिएकोमा गुनासो गरे ।

यस्तै सांसद टेकबहादुर बस्नेतले दाङबाट रुकुम जाँदै गरेको बस दुर्घटनामा परी दुईजनाको निधन भएको र २५ जना घाइते भएकोमा संसद् र सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...