उपप्रधानमन्त्री द्धारा माछा दाना उद्योग शिलान्यास

Aa 1

चितवन । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सोमबार चितवनको रत्ननगरमा निर्माण गर्न लागिएको चितवन सामुदायिक माछा दाना उद्योग प्रालिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले सरकारको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमअन्तर्गत नेपालकै नमूना दाना उद्योग स्थापना गर्न लागिएको जानकारी गराए ।

उनले सरकारले दिने भनेको २ करोड ५० लाख अझै आउन नसकेको भन्दै मन्त्री महराको ध्यानाकर्षण गराए । मन्त्री महराले २५ गतेपछि रकम निकासामा समस्या हुने भन्दै आगामी आर्थिक वर्षमा निकासा गर्नुपर्ने उल्लेख गरे ।

आगामी १ वर्षभित्रमा निर्माण गरिसक्ने लक्ष्यसहित उद्योग निर्माणको शुरुवात गरिएको छ । उक्त उद्योगको क्षमता प्रतिघण्टा पाँच टन दाना निकाल्ने रहेको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

अहिलेसम्म ४१ जनाबाट १०÷१० लाखको सेयर हालिएको छ । चितवनसहित नवलपरासी, रुपन्देही, मकवानपुर र बाराका माछा किसानले समेत उद्योगमा सेयर हालेका छन् ।

हाल नेपालमा माछाको दाना स्थानीय कच्चापदार्थबाट उत्पादन हुँदै आएको छ भने भारतबाट समेत ठूलो परिमाणमा आयात हुँदै आएको छ ।

रत्ननगरमा दानाको उत्पादन हुन थालेपछि भने नेपाली माछापालक किसानका लागि ठूलो राहत मिल्ने जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत परशुराम यादवले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...