१३ दिनदेखि फाप्लु विमानस्थल अवरुद्ध

Phaplu airport

काठमाडौं । बाक्लो हुस्सु लागेका कारण झण्डै १३ दिनदेखि सोलुखुम्बुस्थित फाप्लु विमानस्थल अवरुद्ध भएको छ ।

उडान अवरुद्ध हुँदा स्थानीय निकायको निर्वाचनमा मत खसाल्न गएका यात्रुहरु काठमाडौं फर्किन पाएका छैनन् । जसका कारण उनीहरु मार्कामा परेका छन् । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलमा १३ दिनदेखि कुनै पनि विमानले उडान भर्न सकेका छैनन् । १३ असार मा नेपाल एअरलाइन्सको एउटा उडान भएकोमा त्यसपछि विमानस्थलमा कुनै पनि उडान भएको छैन ।

पछिल्लो समयमा विमानस्थल कालोपत्रे गरिएपछि धावनमार्ग हिलो हुने समस्या टरेको छ । तर, मौसम खराबीका कारण उडान अवरुद्ध भइरहेको छ ।

सोलेखुम्बुमा ४ वटा विमानस्थल रहेको भए पनि काँगेलडाँडा र स्याङबोचे विमानस्थल लामो समयदेखि बन्द छ । हाल लुक्ला र फाप्लु विमानस्थल मात्र सञ्चालनमा रहेका छन् । तर, लुक्लामा पनि विहान मात्र केही उडान हुने गरेको नेपाल एअरलाइन्स फाप्लुका निमित्त स्टेसन इन्चार्ज गणेश श्रेष्ठले बताउँछन् ।

 

 

प्रतिकृया दिनुहोस