शिक्षक हत्याको विरोधमा दिनभर प्रदर्शन

प्रहरीसहित ४ जना घाइते, प्रिन्सिपलमाथि शंका

Prawat

पर्वत । गतहप्ता मृत अवस्थामा फेला परेका शिक्षक नारायण पौडेलको हत्या गरिएको विरोधमा आफन्तले शब यात्रासहित बिरोध जुलुस निकालेका छन् ।

पर्वतको कुश्मा नगरपालिका –१ पाङ घर भएका शिक्षक पौडेलको मृत्यु हत्याका कारण भएको भन्दै आफन्तले शबयात्रा सहित सदरमुकाम कुस्मामा बिरोध जुलुस निकालेका हुन् ।

पौडेलका आफन्तले प्रहरी कार्यालय अगाडि शब राखेर विरोध प्रदर्शन गर्दा केहीबेर झडपसमेत भएको थियो । सो झडपमा परी प्रहरीसहित ४ जना सर्वसाधारण घाइते भएका थिए ।

काठमाडौमा डिएनए परिक्षण तथा पोष्टमार्टम गरि सदरमुकाम ल्याइएपछि मृतक पौडेलका आफन्त र स्वतस्पूmर्त सडकमा निस्किएका सर्वसाधारण सहितले दोषीलाई कारवाहीको माग गर्दै शवलाई बजार परिक्रमा गराएका थिए ।

मृतक पौडेल कुश्मा नगरपालिका –९, कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक हुन् । उनी २५ जेठदेखि बेपत्ता थिए । उनको दुई सातापछि बागलुङको जैमिनी नगरपालिकाको कालीगण्डकी नदी किनारमा शव फेला परेको थियो ।

प्रिन्सिपलमाथि शंका
प्रहरीले मृतकको पोष्टमार्टम रिर्पोटमा ‘घाँटीमा लागेको चोटका कारण मृत्यु भएको’ भन्ने देखिएपछि मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । सो क्रममा प्रहरीले सो विद्यालयका प्रिन्सिपललाई पक्राउ गरेको छ ।

प्रहरीले विद्यालयका प्रिन्सिपल बिमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई बिहिबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । उनीहरु तीनै जनालाई प्रहरीले शुक्रबार ७ दिनको म्याद थपेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शेखर खनालले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस