ढुङ्गा खसेर मजदुरको मृत्यु

Dead boy

रसुवा, । ढुङ्गाले टाउकामा लाग्दा अपर सोमदाङ हाइड्रोपावरमा काम गर्ने एक मजदुरको आइतबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा बर्दिया जिल्ला, बार नपा–८ कलवलबारका २३ वर्षीय मोहन अधिकारी रहेका छन् । उनको शव परीक्षणका लागि रसुवा अस्पताल पु¥याइएको छ ।

आइतबार बिहान ९ बजे पार्वतीकुण्ड गापा–१ मा काममा खटिरहेका अधिकारी माथि ढुङ्गा खसेको थियो । अधिकारीको टाउकाको तालु र कञ्चटमा गम्भीर चोट लागेको भेटिएको तथा उनलाई अस्पताल पु¥याउनुपूर्व नै मृत्यु भइसकेको पाइएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा प्रतीक्षा खतिवडाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...