सप्तरी डुबानको लागि काठमाडौंमा राहत संकलन गरिदैँ

Sptari rahat

काठमाडौं । सेभ द लाईफ फाउन्डेशनले भोलिदेखि सप्तरी डुवानको लागि राहत संकलन कार्य सुरु गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा सेभ द लाईफ फाउन्डेशनले आइतबार पत्रकार सम्मेलन गरेर सप्तरी डुबानले त्यहाँको जनजीवन अत्यन्तै कष्टकर बनाएको र तत्काल राहतस्वरुप लत्ता कपडा, औषधी, पाठ्यपुसस्तक र त्रिपालजस्ता सामाग्री संकलन गर्ने जानकारी दिएको हो ।

फाउन्डेशनका अध्यक्ष मिनबहादुसर गुरुङले सप्तरी डुबानले मानवीय दुःख र ठ७त्रगयतसलो भौतिक क्षति पु¥याएको बताउँदै भने,‘हाम्रो संस्थाका साथीहरु सप्तरी पुगेर फर्केका छौँ, त्यहाँ राहत तथा मानवीय सहयोगको लागि कोही नपुगेको स्थिति छ, प्रधानमन्त्री पुगेर अवलोकन गरेका छन् ।

तर त्यतिले पीडितको दुःखमा मल्हम लाग्दैन, पर्दाखेरी सबैले साथ र सहयोग गर्नुपर्छ भन्ने भावनाले हामीले ८६ घरपरिवारको एकिन तथ्य संकलन गरी उनीहरूको लागि राहत संकलन गर्न राजधानी फर्केका छौ, यस कार्यमा सबैले सहयोग गर्नेछन भन्ने आशा लिएको छु ।’

राहतको लागि नै आफ्नो संस्थाले १ सय टिर्सट छापिसकेको जानकारी गराउँदै उनले भने,‘हामी भोलिदेखि राहत संकलनमा जुट्दैछौ, साउनको पहिलो हप्तासम्म जति सक्छौँ, त्यति राहत संकलन गरेर सप्तरी जानेछाँै ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...