पहिराका कारण लमजुङका घर जोखिममा

पोखरा । पहिराका कारण लमजुङ सदरमुकाम बेँसीसहरका ३ घर जोखिममा परेका छन् ।

पहिरोका कारण बेँसीसहर– ८ सेराका देवीलाल श्रेष्ठको पक्की ढलान घर, मैयाँ दुलाल र शोभा सुनारको घर जोखिममा परेको छ । सडक निर्माणका क्रममा पर्खाल नलगाइएका कारण ३ घर जोखिममा परेका हुन् ।

पहिरोका कारण बेँसीसहर मजुवाखोलादेखि तल्लो सेरातर्फ जाने सडकमाथिको भाग भासिँएको छ । पहिराले घर जोखिममा परेपछि को जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी युवराज मैनालीसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो । प्रजिअ युवराज मैनालीले जोखिममा रहेका घरलाई सुरक्षित गर्न पहिरो गएका ठाउँमा पर्खाल लगाउन निर्देशन दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...